काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको...

पुरा पढ्नुहाेस्

सशस्त्रकी इन्सपेक्टर डा. सिटौलालाई सेवाबाट हटाउने तयारी,नेपाल प्रहरीका १८ जनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन

767
shares
khanepani bord

काठमाडौं । सशस्त्र प्रहरीकी इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ ।

बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्न लागेको थियो ।

गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ ।

यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ ।

यसैबीच लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १८ जनालाई सात दिन उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

१८ जनामध्ये २ जना प्रहरी हबल्दार, १५ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

हेर्नुहोस् सूचना

khanepani