काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

क्षतिग्रस्त बीपी राजमार्ग अनुगमनमा मन्त्री कुलमान घिसिङ, अस्थायी डाइभर्सन बनाउने तयारी

559
shares
khanepani bord

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले विनाश गरेको बीपी राजमार्गको अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली लिएर घिसिङ अनुगमनमा पुगेका हुन् । उनले आज रोशीको बाढीले बितण्डा मच्चाएको चौकीडाँडा क्षेत्रको निरीक्षण गरे ।

त्यहाँको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाएर सञ्चालन गर्न लागिएको छ । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन यो सडक जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई भनेका छन् ।

गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ ।

गत वर्ष नै क्षति पुगेको सडक स्थायी निर्माणका लागि केही खण्डको ठेक्का लागिसकेको छ । केही खण्डको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

khanepani