काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा आज पनि तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

559
shares
khanepani bord

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० ले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

khanepani