काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी कार्यालय सानेपामै बस्ने,समसामयिक राजनीतिक विषयमा छलफल

650
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बसने भएको छ । यसअघि ललितपुरको एक होटेलमा दिउँसो १ बजेका लागि तय भएको थियो । समय भने परिवर्तन भएको छैन ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने तय भएको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक औपचारिक रुपमा पहिलो पटक बस्न लागेको हो ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनीकी पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहहेका सभापति देउवा भने आजको बैठकमा पनि सहभागी नहुने भएका छन् । असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।

khanepani