केन्द्रीय सुरक्षा समितिमा दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनबारे छलफल

वि.सं.२०८२ असोज २३ बिहीवार १५:४८
shares

काठमाडौँ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बिहीबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक राखेका हुन्। बैठकमा ३ वटा सुरक्षा निकायका प्रमुखहरू र सैनिक प्रतिनिधि सहभागी थिए ।
केन्द्रीय सुरक्षा समितिमा माइतिघर मण्डलामा जेनजीका विभिन्न समूहले बिहीबार गर्ने भनेको प्रदर्शनबारे छलफल भएको छ । दुर्गा प्रसाईं नेतृत्वको समूहले छठपछि गर्ने भनेको प्रदर्शनबारे पनि छलफल भएको बैठकमा सहभागी सुरक्षा निकाय सम्बद्ध एकजना अधिकृतले बताए । प्रसाईं नेतृत्वको प्रदर्शनमा हुनसक्ने सुरक्षा खतराको विश्लेषण गरिएको छ ।
अबका दिनमा हुनसक्ने सुरक्षा चुनौती र सुरक्षाकर्मी परिचालनबारे छलफल भएको छ । बैठकमा सहभागी एकजना अधिकृत भन्छन्, ‘समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे छलफल भएको छ ।’