काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

शहीद तथा घाइते परिवारले भने, ‘जेनजीहरूले छुट्टै राजनीतिक दल खोल्नुपर्छ’

546
shares
khanepani bord

काठमाडाैँ । आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् ।

आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनीतिक दलको आवश्यकता औँल्याए । जेन जेड, वाई, एक्सको सहभागीसहित तत्कालै राजनीतिक दल गठन हुनुपर्ने उनीहरूको भनाइ छ ।

राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।

सरकारले तुरुन्तै शहीदहरूको सपना र घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने उनीहरुले बताए । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरुले माग गरे ।

जेन जीको समूह फरक–फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरेका छन् । जेनजी आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो ।

khanepani