काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

संसद पुनर्स्थापनाले निकासतिर लैजाँदैन, मुठभेडतिर लैजान्छ: शंकर तिवारी

585
shares
khanepani bord

काठमाडौं । राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेस नेता शंकर तिवारीले विघटित संसद पुनर्स्थापनातिर दलहरु जाने हो भने त्यसले निकास नदिने बताएका छन् । आज नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संसद ब्युउँताउने कुराले मुलुकलाई निकास नदिने बताएका हुन् ।

‘अहिलेको अवस्था संसदले परिणाम दिन नकसेका कारण निम्तिएको हो । युवाहरु आक्रोशित भएकाले यो अवस्था आएको हो । यस्तो अवस्थामा संसद ब्युँताउने कुराले निकास दिँदैन, मुठभेडतिर लैजान्छ । त्यही भएर ताजा जनादेशमा गएर म्याण्डेडप्राप्त दलले सरकार निर्माण गरेर आफ्नो एजेन्डाहरु लागु गर्नुपर्छ,’ तिवारीले भने ।

साथै दलहरुले अब आफ्नो नेतृत्व पनि बदलेर चुनावमा जानुपर्ने तिवारीको भनाइ छ । नेतृत्व बदलेर चुनावमा नगएका दलहरु आफैं सकिने समेत उनले बताए । यो अन्तरिम सरकारले चुनाव गर्नेका पनि विस्वास्त रहेको बताए । उनले भने, ‘फागुन २१ मा चुनाव हुन्छ । नभए बैसाख जेठसम्ममा हुन्छ ।’

तर, संसद पुनर्स्थापना गर्नेतिर लाग्ने वा निर्वाचनमा भाग लिने भन्नेबारे नेपाली कांग्रेसले आधिरिक रुपमा निर्णय गरिसकेको छैन । नेकपा एमालेले भने संसद पुनर्स्थापनाको विकल्प नभएको बताइसकेको छ ।

khanepani