काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

भदौ २४ गतेको घटनामा गृह मन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

884
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले गगत २४ भदौमा भएको जेनजी आन्दोलनको नियमित अनुसन्धान नहुने आशयको धारणा राखेकोप्रति आपत्ति जनाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले पार्टीको गम्भीर आपत्ति रहेको बताए ।

‘२४ गतेको घटनामा गृह मन्त्रालयले नै अब कारबाही नगर भनेकोप्रति हाम्रो गम्भीर आपत्ति छ । होइन भने देशमा अशान्ति र असुरक्षा बढ्छ,’ उनले भने, ‘अशान्ति र असुरक्षाको बीचमा गर्ने भनिएको निर्वाचनप्रति नै प्रश्न उठ्छन् ।’

आयोगले काम गरिरहेका कारण भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी घटनाको नियमित अनुसन्धान अहिले नहुने आशयको धारणा केही समय अघि गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रहरी लगागतका निकायले गर्ने नियमित अनुसन्धान नै प्रभावित हुने भन्दै गृह मन्त्रालयको उक्त निर्णयको विरोध भएको थियो ।

khanepani