काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका...

पुरा पढ्नुहाेस्

चुनावको वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

897
shares
khanepani bord

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।

‘राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सबैलाई विश्वस्त पार्न सरकारलाई सुझाव दिनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

khanepani