काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर...

पुरा पढ्नुहाेस्

गाँजा खाएका निकोलसलाई दाजु सागरले ‘सुधार गृह लान्छु’ भन्दै लिएका थिए जिम्मा

806
shares
khanepani bord

काठमाडौं । बिहीबार माइतीघरबाट पक्राउ परेका निकोलस भुसाल भनिने कमल भुसाललाई सुधार गृह लैजाने भन्दै उनका सहोदर दाजु सागर भुसालले जिम्मा लिएको खुलेको छ ।

२३ असोज (बिहीबार) मा माइतीघरमा प्रदर्शन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बेगर माइतीघरमा प्रदर्शन गर्ने भन्दै उनीसहितका व्यक्तिहरू बिहीबार उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरूको प्रहरीले मेडिकल चेकजाँच गराएको थियो । तीमध्ये निकोलसले गाँजा खाएको जस्तो हाउभाउ देखाएको र बोलेको पाइएपछि प्रहरीले उनको स्वास्थ्य जाँच गरेको थियो ।

उनको ल्याब परीक्षणको स्याम्पल नम्बर ८२०६ एल ५६२९ हो । उनको दिउँसो साढे ४ बजे पिसाब संकलन गरी ७ प्रकारका परीक्षण गरिएको थियो ।

जसमध्ये Tetrahydrocannabinol (THC) परीक्षण पोजेटिभ देखिएको थियो । यो गाँजामा पाइने मुख्य कम्पाउन्ड हो । यसबारे गाँजा खाए नखाएको मेडिकल रिपोर्टमा थाहा हुन्छ ।

अन्य मोर्फिन, कोकिन, एम फेटामाइन, मेथाडोन लगायतको रिपोर्ट भने नेगेटिभ देखिन्छ ।

सो क्रममा उनले गाँजा खाएको मेडिकल जाँचबाट पुष्टि भयो । गाँजा सेवन गर्ने व्यक्तिलाई सुधार गृहमा राख्ने सहमतिमा मात्रै परिवार तथा आफन्तको जिम्मा लगाउने चलन छ । सोही अनुसार उनलाई आफन्तको जिम्मा लगाइएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

आफन्तको जिम्मा लगाउनुअघि निकोलसलाई सुधार केन्द्र नै लाने सहमति भएको थियो । उनका दाइ सागर (९८४९१५….) ले निकोलसलाई जिम्मा लिएका थिए ।

गाँजा सेवन गरेको पुष्टि भएपछि सहोदर दाजु सागरले ‘सुधार गृह लैजाने गरी बुझी लिएँ’ भन्ने उल्लेख गरेर हस्ताक्षर गरेका छन् ।

प्रहरी परिसरबाट हस्ताक्षरसहित सहमति गरेर बाहिरिएका निकोलस सुधार गृह भने गएनन् । बरु, बाहिर निस्कनासाथ केही पत्रकारसँग स्पष्टीकरण दिन थाले भने केहीबेरमा आफ्नै फेसबुक पेजबाट लाइभ गरे ।

उनले आफूविरुद्ध यसअघि पनि षडयन्त्र हुने गरेको र अहिले पनि त्यही भएको दाबी गरेका छन् ।

तर, पाएको उनको मेडिकल रिपोर्ट र प्रहरीले जिम्मा लगाउन गराएको कागज अनुसार, उनलाई सुधार गृह नै पठाइएको पुष्टि हुन्छ ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि अभिव्यक्ति दिएका थिए ।

khanepani