काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

मुलुकलाई ट्रयाक बाहिर जान नदिन सबै गम्भीर बनौं: सञ्चारमन्त्री खरेल

624
shares
khanepani bord

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम कायमै रहेको बताएका छन्। मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ।

आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चत गर्ने काममा सरकार लागेको बताए।

दलहरुसँगको संवादहीनता अन्त्य भएकाले अब २१ फागुनमा तोकिएको निर्वाचन सुनिश्चित बनेको उनको भनाइ छ। सिंगै मुलुक निर्वाचनमा होमिएको भन्दै उनले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने बताए।

दुई दिने जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा द्विविधा नराख्न पनि आग्रह गरे।

जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।

मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे।

उनले अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवत: तिहार अघि नै सुरु हुने जानकारी दिए। मन्त्री खरेलले पत्रकारहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए।

khanepani