काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीसँग राष्ट्रियसभा अध्यक्षको भेट, रिक्त हुने सदस्यको चुनावबारे छलफल

559
shares
khanepani bord

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

सिंहदरबारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने बिषयमा पनि परामर्श भएको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद भवन ध्वस्त भएको छ । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले बताए ।

त्यस्तै प्रधानमन्त्री कार्कीसंग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको छ ।

प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए ।

khanepani