नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्दै

वि.सं.२०८२ असोज ३१ शुक्रवार ०९:१४
shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।
साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए ।