काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस...

पुरा पढ्नुहाेस्

केपी ओलीले अध्यक्षबाट राजीनामा दिएर राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छः उषाकिरण तिम्सेना

325
shares
khanepani bord

काठमाडौ । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेकी छन्।

शुक्रबार बिहानबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने प्रष्ट पारेकी हुन्।

‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली,’ उनले बैठकमा भनिन्।

khanepani