काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस...

पुरा पढ्नुहाेस्

सुरक्षा चुनौतिको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन : महानिरीक्षक खापुङ

260
shares
khanepani bord

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् ।

शुक्रवार परेको ७० औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए ।

‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरू पश्चातको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन,’ उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाइका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत् स्थापना भएको अवसरमा सगौरव मनाइँदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात् उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।

‘यसै सन्दर्भमा सोही घटनाक्रम पश्चात् उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने ।

khanepani