काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय...

पुरा पढ्नुहाेस्

पशुपति र कालीबाबाको दर्शन गरेर फर्के भारतीय मन्त्री सोनोवाल

1.76K
shares
khanepani bord

काठमाडौँ । भारत सरकारका बन्दरगाह, जहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल आज एकदिने नेपाल भ्रमण गरेर स्वदेश फर्केका छन् । आज नेपाल आएका उनले सिधै पशुपति मन्दिर गएर विशेष पूजा गर्नुका साथै मन्दिर परिसरमा वृक्षारोपण समेत गरेका छन् ।

उनले कालीबाबाको दर्शन समेत गरेका छन् । सो अवसरमा नेपालस्थित भारतीय दूतावासका राजदूत नवीन श्रीवास्तव र पशुपति विकास कोषका अधिकारी समेत उपस्थित थिए ।

पशुपतिनाथ मन्दिर परिसरमा उनले भारत–नेपालबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व उल्लेख गर्दै पशुपति क्षेत्रको संरक्षण र प्रवर्द्धनमा दुवै देशको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको बताइएको छ ।

धार्मिक भ्रमण भएको कारण उनले कसैसँग कुनै औपचारिक भेटघाट नराखिएको बताइएको छ ।

khanepani