काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेट, के भयो कुराकानी ?

1.81K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भुसालसँग भेट गरेका हुन् ।

हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।

करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।

यस्तै नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठ र भुसालबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेका थिए ।

माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाटै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिएको घोषणा गरेपनि एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।

विप्लव पक्षका नेताहरुले एकताको सम्भावना नरहेको बताइरहँदा माओवादीले भने वार्ता टोली गठन गरेर छलफल अघि बढाउने निर्णय भएको जनाएको छ ।

khanepani