चितवनबाट राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको समय बढ्यो, चलाउन पाइने राति ९ बजेसम्म

वि.सं.२०८२ असोज १९ आइतवार १८:१६
shares

काठमाडौं । तीन दिने झरीका कारण राजमार्गम हुने जोखिमलाई मध्यनजर गरि चितवन प्रशासनले साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर ९ बजे पुर्याएको छ ।
हिजो बेलुकादेखि नै चितवनमा झरी रोकिएको र मनसुनको जोखिम कम हुँदै गएको जनाउँदै राति ९ बजेसम्म समय पुर्याएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवनहुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरि राति ९ बजेसम्म पुर्याएको बताए ।
राजमार्गको जोखिम भने कायमै रहेकोले चितवन छोड्ने र भित्रिने सवारी साधनलाई राति ९ बजेपछि भने होल्डिङ सेन्टरमा रोकिने जनाइएको छ ।
आज दिन खुलेसँगै झरीको कारण चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पनि पठाइएको चितवन प्रशासनले जनाएको छ ।