कुपण्डोलको हिमालय होटलमा कांग्रेस पदाधिकारी बस्दै बैठक

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:५०
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक ललितपुरको एक होटलमा बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।
२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।
आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।